National life

गोर्खाज फाइनान्सको १२ हजार बढी संस्थापक शेयर विक्रीमा, कसले र कहाँ दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१० फागुन २०८२, आइतबार
1KShares
गोर्खाज फाइनान्सको १२ हजार बढी संस्थापक शेयर विक्रीमा, कसले र कहाँ दिने आवेदन ?
ncell

काठमाडौं। गोर्खाज फाइनान्स लिमिटेडले १२ हजार ३७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूका लागि प्राथमिकताका आधारमा उपलब्ध गराउने जनाएको छ।

बिक्रीमा राखिएको शेयरमध्ये पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता तथा वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर समावेश छन्। प्रचलित व्यवस्था अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनुपर्ने प्रावधान भएकाले प्रारम्भिक चरणमा सोही समूहका शेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र काठमाडौंको डिल्लीबजार, चारखालरोडस्थित कम्पनीको केन्द्रीय कार्यालयमा लिखित निवेदन पेश गर्नुपर्नेछ। निर्धारित समयसीमाभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?