National life

ग्लोबल आईएमई लघुवित्तद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० असार २०८१, सोमबार
490Shares
ग्लोबल आईएमई लघुवित्तद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
ncell

काठमाडौं । चितवन जिल्लाको कालिका नगरपालिका वडा नं ०८ न्युरेनीमा रहेको श्री आधारभूत विद्यालयमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि.केन्द्रीय कार्यालय विजयपुर कास्कीले स्कुल ब्याग, कपी र सिसाकलम जस्ता शैक्षिक सामाग्रीहरू वितरण गरेको छ ।

सोमवार आयोजित शैक्षिक सामग्री वितरण कार्यक्रम उपस्थित कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी, उप प्रमुख विमला तामाङ, वडा नम्बर ०८ का वडा अध्यक्ष चित्र बहादुर मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत ढुङ्गाना एवं ग्लोबल आइएमई लघुवित्तका सामान्य सेवा विभागका प्रमुख जयनारायण शर्मा, अनुगमन स्टेसन प्रमुख विनोद खतिवडा तथा शाखा कार्यालय खोलेसिमलका शाखा प्रमुख सविन आचार्य लगाएतको उपस्थिति रहेको थियो । संस्थाका विभागीय प्रमुख शर्माले शैक्षिक सामग्री वितरण गर्दै लघुवित्तले सामाजिक उत्तर दायित्व कोष अन्तर्गत शिक्षा, स्वास्थ्य तथा कृषि लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

संस्थाका सदस्यहरू माझ आर्थिक कारोबार मात्रै नभई सदस्यको क्षमता अभिवृद्धि, सिप विकास र आयआर्जनका लागि संस्थाले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको विभागीय प्रमुख शर्माले बताए । बालबालिकाको क्षेत्रमा संस्थाले विगत देखिनै सहयोग गर्दै आएको र यस्ता कार्यहरू निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाल राष्ट्र बैङ्कबाट घ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्था ग्लोबल आइएमई लघुवित्तले देशभर १२० वटा शाखाहरूबाट करिब १ लाख ५३ हजार सदस्यहरू माझ वित्तीय सेवा दिइरहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
490SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?