National life

आकर्षक तर कमजोर आधारको बजेटः पूर्व अर्थमन्त्रीहरू

ठूलो आकारको बजेटले अर्थतन्त्र असन्तुलित हुने चेतावनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
1.5kShares
आकर्षक तर कमजोर आधारको बजेटः पूर्व अर्थमन्त्रीहरू
ncell

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेपछि त्यसबारे आलोचना र टिप्पणी सुरु भएको छ। पूर्व अर्थमन्त्रीहरूले बजेटको आकार ठूलो भए पनि यसको आधार कमजोर रहेको भन्दै अपेक्षित परिणाम दिन नसक्ने बताएका छन्।

नेपाल उद्योग व्यापार महासंघद्वारा आयोजित बजेट समीक्षा कार्यक्रममा बोल्दै उनीहरूले बजेट आकर्षक भाषामा प्रस्तुत भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको धारणा राखे। उनीहरूका अनुसार स्रोत र क्षमता नजोडिएको बजेटले अर्थतन्त्रमा असन्तुलन ल्याउन सक्ने खतरा रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

पूर्व अर्थमन्त्री वर्षमान पुनले बजेटमा केही सकारात्मक पक्ष भए पनि आमूल परिवर्तन ल्याउने खालको नदेखिएको बताए। उनले निजी क्षेत्र, युवा तथा नागरिक समाजले अपेक्षा गरेको स्तरको रूपान्तरणकारी योजना अभाव रहेको उल्लेख गरे। साथै, आर्थिक केन्द्र निर्माणजस्ता योजनाहरू राम्रो भए पनि पर्याप्त लगानी र पूर्वाधारमा ध्यान नपुगेको उनको भनाइ छ।

त्यस्तै, सुरेन्द्र पाण्डेले बजेटका लक्ष्यहरू यथार्थपरक नभएको टिप्पणी गरे। उनले राजस्व वृद्धि तथा आर्थिक वृद्धिको लक्ष्य प्राप्ति कठिन रहेको उल्लेख गर्दै स्रोतको सुनिश्चितता कमजोर भएको बताए। लक्ष्य भेट्न नसकिएमा बजेटको आकार घटाउनुपर्ने अवस्था आउन सक्ने उनको धारणा छ।

प्रकाश शरण महतले पनि बजेट सन्तुलित नभएको टिप्पणी गरे। उनले बजेट अत्यधिक महत्वाकांक्षी भएको र स्रोत संकलनको आधार कमजोर रहेको बताए। आन्तरिक ऋणमा निर्भरता बढ्दै गएको र आर्थिक वृद्धि लक्ष्य पूरा गर्न चुनौतीपूर्ण हुने उनको भनाइ छ।

पूर्व अर्थमन्त्रीहरूले समग्रमा बजेट सुन्दा आकर्षक देखिए पनि व्यवहारमा कार्यान्वयन, स्रोत व्यवस्थापन र आर्थिक सन्तुलनका हिसाबले कमजोर रहेको निष्कर्ष निकालेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?