National life

TCL नेपालले सार्वजनिक गर्यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२४ पुस २०८२, बिहिबार
974Shares
TCL नेपालले सार्वजनिक गर्यो वानखेडे स्टेडियममा नेपालको खेल हेर्ने विजेता
ncell

काठमाडौँ। TCL नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने T20 विश्वकप अन्तर्गत नेपालको राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विशेष उपभोक्ता क्याम्पेनका विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको उत्साहसँग जोड्ने उद्देश्यले TCL नेपालले देशभर लागू गरेको “नेपालको शान, मुम्बईको मैदान” अभियानअन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार पहिलो चरणका विजेता धनगढी निवासी पुस्कर अवस्थी हुन्। उनले सुभेक्षा ट्रेड एण्ड सप्लायर्स—TCL को आधिकारिक बिक्रेता—बाट TCL Air Conditioner (AC) खरिद गरी क्याम्पेनमा सहभागिता जनाएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित वानखेडे स्टेडियममा नेपाल राष्ट्रिय क्रिकेट टोलीको एक खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्। उक्त यात्रा प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा आवश्यक सम्पूर्ण खर्च TCL नेपालले नै व्यहोर्ने जानकारी दिएको छ।

TCL नेपालले यस क्याम्पेनमार्फत आफ्ना उपभोक्तालाई केवल इलेक्ट्रोनिक उत्पादन मात्र नभई विश्वस्तरीय क्रिकेट अनुभव र अविस्मरणीय यात्रा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार मुम्बईमै आयोजना हुने नेपाल टोलीका खेलहरूले नेपाली क्रिकेटप्रेमीका लागि यो अवसर अझै विशेष बनाएको छ।

क्याम्पेनमा सहभागी हुन TCL का कुनै पनि आधिकारिक उत्पादन खरिद गरी SMS मार्फत सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ।

सीमित अवधिका लागि लागू गरिएको यस योजनामा अझै पनि विजेता बन्ने अवसर बाँकी रहेको TCL नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट TCL का उत्पादन खरिद गरी समयमै सहभागिता जनाउन आग्रह गरेको छ।

TCL नेपालले उपभोक्तालाई सकेसम्म छिटो TCL का उत्पादन खरिद गरी सहभागिता जनाउन आग्रह गरेको छ, किनकि जति चाँडो सहभागिता जनाइन्छ, त्यति नै छिटो तथा बढी T20 विश्वकप अन्तर्गत ५ दिन ४ रातको मुम्बई यात्रा र खेल प्रत्यक्ष हेर्ने अवसर प्राप्त हुने सम्भावना बढ्ने कम्पनीको भनाइ छ।

TCL नेपालका अनुसार यो क्याम्पेनले ब्रान्डप्रतिको विश्वास थप मजबुत बनाउनुका साथै नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको खेलकुद अनुभवसँग जोड्ने विश्वास लिइएको छ। यस योजनामा कम्पनीका सर्त तथा नियमहरू लागू हुनेछन्।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
974SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?