National life

दराजको १.१ न्यू इयर मेगा सेलः नयाँ वर्षको स्वागतको लागि आकर्षक छुट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ पुस २०८१, मङ्गलबार
1.2kShares
दराजको १.१ न्यू इयर मेगा सेलः नयाँ वर्षको स्वागतको लागि आकर्षक छुट
ncell

काठमाडौं । नेपालकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ, १.१ न्यू इयर मेगा सेलको आयोजना गर्ने भएको छ ।

१.१ न्यू इयर मेगा सेल, पौष १० देखि पौष २१ सम्म चल्ने जानकारी दिइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस मेगा सेल मार्फत नयाँ बर्षको भब्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशत सम्म छुट सहितको विशेष फ्ल्याश सेल डिलहरू, र २ करोड बराबरको भाउचरहरू समेत उपलब्ध गराउने बताएको छ।

दराजको १.१ न्यू इयर मेगा सेल मार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा रु ४,००० सम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।

गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको, दराज १.१ न्यू इयर मेगा सेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने छन् ।

मेगा सेल, केवल छुटहरूमा मात्र सिमित नभएको र यस मार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६० प्रतिशत सम्म छुटका साथै बजेट बाइज् अन्तर्गत रु ६९९, रु ९९९, र रु १,९९९ भित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?