काठमाडौँ। नयाँ वर्षको सुरुवातसँगै बढ्दो सुख्खायाम र वायु प्रदूषणको स्तरले चिन्ताजनक मोड लिएको छ। आज बैशाख १० गतेको तथ्याङ्क अनुसार काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु गुणस्तर सूचकाङ्क (AQI) १५० देखि १८० सम्म पुगेको छ, जसलाई स्वास्थ्यका दृष्टिकोणले 'अस्वस्थकर' (Unhealthy) मानिन्छ।
यस विषम परिस्थितिलाई मध्यनजर गर्दै, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको विश्वविख्यात ब्रान्ड ब्ल्याक+डेकर (BLACK+DECKER) ले नेपाली उपभोक्ताहरूको श्वासप्रश्वास स्वास्थ्य रक्षाका लागि अत्याधुनिक एयर प्युरिफायर प्रविधिमार्फत विशेष सतर्कता अपनाउन अपिल गरेको छ।
सन् १९१० देखि विश्वव्यापी रूपमा दक्षता र प्रयोगकर्तामैत्री प्रविधिमा आधारित उपकरणहरू निर्माण गर्दै आएको ब्ल्याक+डेकरले आफ्नो ११६ वर्ष लामो गौरवशाली इतिहासलाई कायम राख्दै विश्वका १०० भन्दा बढी देशहरूमा सेवा विस्तार गरिसकेको छ।
बाहिरी वातावरणको प्रदूषणलाई तत्काल नियन्त्रण गर्न कठिन भए पनि हामीले धेरै समय बिताउने घर वा कार्यालयभित्रको हावालाई भने सुरक्षित राख्न सकिन्छ। ब्ल्याक+डेकरको AP3560-B5 एयर प्युरिफायरले हावामा रहेका घातक PM2.5 सूक्ष्म कणहरूलाई ३-तहको सुरक्षा प्रणालीमार्फत फिल्टर गर्दछ:
नेपालमा उपलब्ध ब्ल्याक+डेकरका एयर प्युरिफायरहरू २४ महिना (२ वर्ष) को विस्तृत वारेन्टीका साथ उपलब्ध छन्। सिजी इलेक्ट्रोनिक्सको देशव्यापी बलियो सर्भिस नेटवर्कले उपभोक्तालाई बिक्री पछिको उत्कृष्ट सेवा र पूर्ण सन्तुष्टि सुनिश्चित गर्दछ। बढ्दो वायु प्रदूषणको यो समयमा, सिजी इलेक्ट्रोनिक्स सम्पूर्ण आम नागरिकलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई स्वच्छ राख्न अनुरोध गर्दछ।


































