National life
cg eloctronics

नेपाल राष्ट्र बैंक कर्मचारी संघले अन्तर बैंक फुटसल टुर्नामेन्ट आयोजना गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ असोज २०८०, मङ्गलबार
627Shares
नेपाल राष्ट्र बैंक कर्मचारी संघले अन्तर बैंक फुटसल टुर्नामेन्ट आयोजना गर्ने
muktinatha bikash bank

काठमाडाैं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ वालुवाटार समितिको आयोजनामा अन्तरबैंक फुटसल दुर्नामेन्ट–२०८० हुने भएको छ।

संविधान दिवस २०८० को अवसरमा आयोजित टुर्नामेन्ट असोज ३ देखि ६ गते सम्म सञ्चालन हुने नेपाल राष्ट्र बैंक कर्मचारी संघले जनाएको छ। काठमाडौंको धनयन्तरी फुटसल हव, हाडीगाँउमा आयोजना हुने टुर्नामेनटमा बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष टिम र २० महिला टिम सहभागी रहेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

‘सवल संस्थाको लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने टुर्नामेन्टको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ।

सह प्रायोजन क्रमशः माछापुच्छे बैंक लि., लक्ष्मी सनराईज बैंक लि., ग्लोबल आईएमई बैंक लि., एनआईसी एसिया बैंक लि., नबिल बैंक लि., प्रभु बैंक लि., हिमालयन बैंक लि., मुक्तिनाथ विकास बैंक लि. र आईसीएफसी फाईनान्स लि. ले गरेका छन्।

everest bank

उक्त टुर्नामेन्टको लागि ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले मेडिकल सपोर्ट उपलब्ध गराउने भएको छ।

टुर्नामेन्टको क्वार्टर फाईनल देखिका खेलहरु गोल नेपाल डट कम बाट प्रत्यक्ष प्रसारण गरिने छ।

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?