National life

१० अर्बको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ भदौ २०८०, शुक्रबार
631Shares
१० अर्बको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्दै राष्ट्र बैंक, आइतबार बोलकबोल हुने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८६ ‘झ’ जारी गर्ने भएको हाे ।

बैंकले भदौ २५ गते ६ वर्षे अवधिको विकास ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्र आइतबार बोलकबोलमार्फत बिक्री गरिने छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस ऋणपत्रमा इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलपत्र पेस गर्न सक्नेछन् ।

यस ऋणपत्रको ब्याजदर पनि बोलकबोल मार्फत हुने राष्ट्र बैंकले जनाएकाे छ । ब्याज भुक्तानी अर्धवार्षिक हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्र २०८६ भदौ २५ गते परिपक्व हुनेछ ।

ऋणपत्र धितो राखी कर्जा लिन तथा दिन पाइनेछ ।

राष्ट्र बैंकका अनुसार बोलकबोलमा इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?