National life

नेपाल बैंकको खुद नाफा ४९.६० प्रतिशतले घट्यो ,प्रतिसेयर आम्दानी कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ माघ २०८०, शनिबार
690Shares
नेपाल बैंकको खुद नाफा ४९.६० प्रतिशतले घट्यो ,प्रतिसेयर आम्दानी कति ?
ncell

काठमाडौँ । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले ५९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.६० प्रतिशत कम हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा इम्पेयरमेन्ट चार्ज यो वर्ष २ अर्ब ७ करोड ७२ लाख ६७ हजार रुपैया पुगेको छ । गत वर्ष इम्पेयरमेन्ट चार्ज ५१ करोड २१ लाख ७८ हजार रुपैयाँ रहेको थियो।

बैंकको खुद ब्याज आम्दानी भने २०.४० प्रतिशतले बढेर ४ अर्ब ६३ करोड ४० लाख ६६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा ४९.६५ प्रतिशतले घटेर ७६ करोड २५ लाख ९३ हजार रुपैयाँमा आएको छ ।खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढेर इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न पुगेको हो।

पुस मसान्तसम्म आइपुग्ला चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ रहेको छ । वितरणयोग्य नाफा ५६ करोड ९० लाख ७७ हजार रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९० पैसाले घटेर ८ रुपैयाँ ०३ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २५२ रुपैयाँ छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
690SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?