National life

मर्जर पछि बनेको हिमालयन एभरेष्टको वित्तीय अवस्था झन मजबुत बन्दै(कम्पनी विश्लेषण)

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ मंसिर २०८१, बुधबार
841Shares
मर्जर पछि बनेको हिमालयन एभरेष्टको वित्तीय अवस्था झन मजबुत बन्दै(कम्पनी विश्लेषण)
ncell

काठमाडौं । मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय सूचकहरुमा निकै सुधार देखिएको छ । दावी भुक्तानीदेखि बीमा शुल्क संकलनमा पनि यस कम्पनी अगाडि नै देखिएको छ ।

यो कम्पनी हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर भएर स्थापना भएको हो । यस मर्जरको उद्देश्य नेपाल सरकारको बीमा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुको वित्तीय र सञ्चालन क्षमता मजबुत बनाउन थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जुन यस इन्स्योरेन्समा देखिएको पनि छ ।

तीन दशकभन्दा लामो इतिहास बोकेको यस कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ ।

कम्पनीले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा उपलब्ध गराउँदै आएको छ । व्यक्तिगत बीमा अन्तर्गत सवारी साधन बीमा, व्यक्तिगत दुर्घटना बीमा र यात्रा बीमा रहेका छन् भने कर्पोरेट बीमा अन्तर्गत भबन बीमा , उधोग , समुन्द्रिक , हवाई र इन्जिनियरिङ बीमा सेवा समावेश छन् । त्यसैगरी कृषि बीमा अन्तर्गत गाईवस्तु र बाली बीमा रहेका छन् । कम्पनीले डिजिटल माध्यमबाट बीमा को दावी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराएको छ ।

कम्पनीले हालै सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र स्ट्राटेजिक पार्टनरशिप अफ द इयर–नेपाल’ गरी दुई प्रतिष्ठित अवार्डहरू जित्न सफल भएको थियो ।

मर्जर पछि हिमालयन एभरेष्टको प्रायः सबै सूचकमा निकै राम्रो सुधार देखिएको छ । आर्थिक वर्ष २०७९-८० मा २२ करोड ६४ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ चालु आवको पहिलो त्रैमाससम्म आइपुग्दा ८७ करोड २१ लाख रुपैयाँ पुगेको छ । उक्त अर्निङ ४ गुणा भन्दा धेरैले बढेको हो । उक्त रिटेन्ड अर्निङबाट प्रतिफल दिने हो शेयरधनीले निकै राम्रो लाभांश हात पार्न सक्छन् । यद्दपि, कम्पनीले सबै अर्निङ वितरण गर्छ भन्ने होइन । कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्न बाँकी छ ।

अघिल्लो वर्षको नाफाबाट कम्पनीले १५ प्रतिशत लाभांश दिएको थियो । यस कम्पनीले ३ महिनामा ६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यस कम्पनीले भने ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्ष यस कम्पनीले ४४ करोड ५० लाख नाफा कमाएको थियो ।

प्रतिशेयर आम्दानी गत वर्ष १९.३४ रुपैयाँबाट बढेर २६.७२ रुपैयाँ पुगेको छ । कम्पनीको सबैभन्दा धेरै सुधार भने प्रतिशेयर नेटवर्थमा देखिएको छ । नेटवर्थ १८८.४१ रुपैयाँबाट बढेर २०५.४१ रुपैयाँ पुगेको छ । कम्पनीको दावी भुक्तानी चालु आवको ३ महिनामा ४६ करोड ९१ लाख रुपैया छ ।

यता, गत असोजमा आएको बाढीका कारण परेको दावी बापतको भुक्तानी ८ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले ९२ दावी भुक्तानी गरेको हो । यो निर्जीवन बीमा कम्पनीहरुमध्ये भुक्तानी गर्नेमा तेस्रो स्थानमा आउँछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा हिमालयन एभरेष्ट अगाडि देखिएको छ । कम्पनीले पहिलो त्रैमासमा ५६ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

कम्पनीको प्रमुख वित्तीय अवस्था कस्तो ?

चुक्ता पूँजी/रिटेन्ड अर्निङ/अन्य इक्विटी

 नेपाल बीमा प्राधिकरणले तोकेको पूँजी पुर्याउन मर्जरमा गएको यस कम्पनीको हालको चुक्ता पूँजी साढे २ अर्ब रुपैयाँ छ । मर्जर पछि बनेको हिमालयन एभरेष्टको पूँजी २ अर्ब ३० करोड रुपैयाँ थियो । कम्पनीले पछि बोनस शेयर वितरण गरेर पूँजी पुर्याएको हो ।

इन्स्योरेन्सको रिटेन्ड अर्निङमा भने निकै राम्रो सुधार देखिएको छ । २२ करोड ६४ लाख मात्र देखिएको उक्त अर्निङ अहिले बढेर ८७ करोड २१ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटी २६ करोड भन्दा धेरै छ । पछिल्ला वर्षहरुमा यस कम्पनीको पूँजी देखि अरु कोषमा निकै सुधार देखिएको छ ।

बीमा कोष/बीमा शुल्क संकलन/दावी भुक्तानी

हिमालयन एभरेष्टको बीमा कोषको आकार ४ अर्ब ३८ करोड भन्दा धेरैको छ । बीमा शुल्क संकलन गत वर्ष १ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो महिना ९७ करोड ८३ लाख थियो । यस कम्पनीको दावी भुक्तानी पनि बढेको छ । ६० करोड ६० लाख रहेको उक्त भुक्तानी ७४ करोड १३ लाख रुपैयाँ भुक्तानी देखिएको छ ।

लगानी र लगानीबाट हुने आम्दानी/ नाफा

यस कम्पनीको लगानी पहिलो त्रैमाससम्म ४ अर्ब ७३ करोड रुपैयाँ भन्दा धेरै देखिएको छ । गत वर्ष ५ अर्ब १ करोड भन्दा धेरैको लगानी थियो । यता, चालु आवको ३ महिनामा लगानीबाट हुने आम्दानी ६ करोड ५० लाख रुपैयाँ रहेको छ । गत वर्ष उक्त आम्दानी ३४ करोष ५८ लाख थियो ।

कम्पनीको खुद नाफा ४४ करोड ५० लाखबाट बढेर गत वर्ष ६६ करोड ७९ लाख पुगेको छ । इन्स्योरेन्सले ३ महिना भने ६ करोड ६१ लाख नाफा कमाएको छ ।

यता, प्रतिशेयर आम्दानी डबल डिजिटमा देखिएको छ । कम्पनीको नेटवर्थ भने २०५.४१ रुपैयाँ छ । यस कम्पनीको  आरओई (टीटीएम)मा १४.४१ प्रतिशत छ । यो निर्जीवन बीमा कम्पनीहरुको औसत १०.९५ प्रतिशत भन्दा धेरै हो । यसको अर्थ यस कम्पनीको आरओई औसत भन्दा धेरै छ ।

प्राविधिक विश्लेषण गर्दाको अवस्था

हिमालयन एभरेष्टको शेयर भाउ मंगलबार ६७४.९० रुपैयाँ रहेको छ । आगामी दिनको अवरोध ६९० देखि ७०० रहेको छ । यता, सपोर्ट भने ६६० रुपैयाँ देखिएको छ । शेयर भाउ ७०० पार गर्छ भने थप उचाइमा पुग्ने सम्भावन छ ।

शेयर बोलिन्जर ब्यान्डको मिडल ब्यान्डमा छ । मिडल ब्यान्डलाई सपोर्ट गर्छ भने अपर ब्यान्ड जुन ७०५ मा सहजै पुग्ने देखिन्छ । अहिले हिस्ट्रोग्राम पोजेटिभ छ । आरएसआई ५० भन्दा माथि छ । यसले बजार न्युट्रल जोनमा रहेको देखाउँछ ।

समग्र शेयर बजारनै साइडवेजमा रहेको कारण प्रायः कम्पनीहरुको बजार भाउ बढ्न सकेको छैन । यदि मार्केटमा वृद्धि आयो भने यो कम्पनी पनि बढ्ने अवस्था छ ।

यो समाचार शेयर गर्नुहोस्
841SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?