National life
cg eloctronics

१२६ मेगावाट तल्लो सेती परियोजना अघि बढ्दै, संरचनाको क्षतिपूर्ति निर्धारण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|१९ असार २०८३, शुक्रबार
1.2kShares
१२६ मेगावाट तल्लो सेती परियोजना अघि बढ्दै, संरचनाको क्षतिपूर्ति निर्धारण
ncell

दमौली । तनहुँमा निर्माणाधीन १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढ्दै गएको छ। यसक्रममा आयोजनास्थलमा पर्ने घर तथा अन्य संरचनाहरूको क्षतिपूर्ति निर्धारण गरिएको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मुआब्जा निर्धारण समितिको बैठकले विद्युत्गृह, कार्यालय, कर्मचारी आवासलगायतका संरचना निर्माणका लागि आवश्यक पर्ने जग्गामा रहेका घर, गोठ, टहरा र अन्य भौतिक संरचनाको मुआब्जा तय गरेको हो।

आयोजना नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत अघि बढाइएको छ। निर्माणसम्बन्धी केही प्रक्रियागत ढिलाइका कारण काम प्रभावित भए पनि अहिले आवश्यक तयारीलाई तीव्रता दिइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस परियोजनाबाट वार्षिक रूपमा करिब ५२ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। आयोजनाको बाँध बन्दीपुर क्षेत्र नजिक सेती नदीमा निर्माण गरिनेछ भने उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

परियोजनाबाट तनहुँका विभिन्न स्थानीय तहसहित चितवनका केही क्षेत्रसमेत प्रभावित हुनेछन्। प्रभावित क्षेत्रका बासिन्दालाई उचित क्षतिपूर्ति प्रदान गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?