National life

नेपालमा विपद्को क्षति भयावह, पुनर्निर्माणका लागि ४.७७ अर्ब डलर आवश्यक पर्ने आकलन

विपद्बाट ३ अर्ब डलर बराबरको क्षति, पुनर्निर्माणमा ७ खर्बभन्दा बढी लाग्ने अनुमान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१४ असोज २०८३, बुधबार
338Shares
नेपालमा विपद्को क्षति भयावह, पुनर्निर्माणका लागि ४.७७ अर्ब डलर आवश्यक पर्ने आकलन
ncell

काठमाडौं । भोटेकोशी बाढीसहित पछिल्लो समय आएका विभिन्न विपद्बाट नेपालमा करिब ३ अर्ब अमेरिकी डलर अर्थात् साढे ४ खर्ब रुपैयाँभन्दा बढीको भौतिक तथा पूर्वाधार क्षति भएको प्रारम्भिक आकलन गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार प्रारम्भिक क्षतिको विवरणमा सडक, पुल, विद्यालय, सवारीसाधन तथा निजी सम्पत्तिमा भएको क्षतिसमेत समेटिएको छ।

क्षतिको प्रारम्भिक मूल्यांकन गर्न प्राधिकरणले ‘र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट’ टोली परिचालन गरेको थियो।

Royal Enfield
nic asia capital
टोलीमा सम्बन्धित मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्राधिकरणका प्रतिनिधि सहभागी थिए।

टोलीले ड्रोनमार्फत विपद्अघि र विपद्पछिको अवस्थाको तुलना गर्दै सडक तथा पुलमा भएको क्षति र त्यसमा गरिएको लगानीको विवरण संकलन गरेको थियो। घरभित्र रहेका व्यक्तिगत सामान तथा सम्पत्तिको क्षति भने अनुमानका आधारमा मूल्यांकन गरिएको जनाइएको छ। बैंक तथा वित्तीय संस्थामा रहेको सम्पत्तिलाई भने क्षतिको गणनामा समावेश गरिएको छैन।

प्राधिकरणले करिब १५ दिनमा प्रारम्भिक क्षति मूल्यांकन तयार पारेको थियो। त्यसपछि अर्थ मन्त्रालयमार्फत विकास साझेदार, कूटनीतिक नियोग तथा संयुक्त राष्ट्रसंघीय निकायलाई प्रारम्भिक विवरणबारे जानकारी गराइएको थियो।

प्राधिकरणका अनुसार क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि करिब ४.७७ अर्ब अमेरिकी डलर अर्थात् ७ खर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने प्रारम्भिक अनुमान छ।

यद्यपि, क्षतिको विस्तृत सर्भे तथा मूल्यांकनको अन्तिम प्रतिवेदन आउन बाँकी रहेकाले क्षति र पुनर्निर्माण लागतको वास्तविक आँकडा थप फरक पर्न सक्ने प्राधिकरणले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
338SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?