काठमाडौं । भोटेकोशी बाढीपछि माछापुच्छ्रे बैंकको रसुवाको टिमुरे शाखाबाट अब नियमित बैंकिङ कारोबार गर्न नपाइने भएको छ। बाढीका कारण शाखा सञ्चालनमा समस्या भएपछि बैंकले २०८३ असोज ७ गतेदेखि टिमुरे शाखालाई त्रिशूली शाखामा गाभ्ने निर्णय गरेको हो।
गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा रहेको शाखाबाट प्रदान हुँदै आएका सबै बैंकिङ सेवा अब त्रिशूली शाखामार्फत उपलब्ध हुने बैंकले जनाएको छ। टिमुरे शाखाका ग्राहकलाई आगामी दिनमा कारोबार तथा आवश्यक सेवाका लागि त्रिशूली शाखा वा बैंकका अन्य शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण टिमुरे शाखाबाट नियमित रूपमा सेवा सञ्चालन गर्न कठिनाइ भएपछि बैंकले शाखा गाभ्ने निर्णय गरेको हो।





































