काठमाडौं । माछापुच्छ्रे बैंकले करदाता प्रोत्साहन कार्यक्रमसँग सहकार्य गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ’ सुविधा सुरु गरेको छ।
सरकारको चालु आर्थिक वर्षको बजेटअनुसार आन्तरिक राजस्व विभागले डिजिटल भुक्तानी र बिल लिने बानीलाई प्रोत्साहन गर्न यो कार्यक्रम अघि बढाएको हो। यसअन्तर्गत, १०० रुपैयाँभन्दा बढीका वस्तु वा सेवा खरिद गर्दा क्यूआरमार्फत गरिएको भुक्तानी स्वतः प्रणालीमा समावेश हुनेछ।
ग्राहकहरूले कुनै अतिरिक्त दर्ता बिना नै मोबाइल एपमार्फत आफ्ना योग्य कारोबारको विवरण हेर्न सक्नेछन्।
कार्यक्रममा सहभागी योग्य कारोबारबाट दैनिक एक जनालाई १ लाख रुपैयाँ तथा प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँसम्मको पुरस्कार प्रदान गरिने व्यवस्था छ।
बैंकले डिजिटल भुक्तानी गर्दा अनिवार्य रूपमा बिल लिन र त्यसलाई सुरक्षित राख्न ग्राहकलाई आग्रह गरेको छ। साथै, डिजिटल कारोबारलाई सहज र सुरक्षित बनाउँदै यस्ता सरकारी अभियानमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाएको छ।

































