National life

माछापुच्छ्रे बैंकले ८ शाखा मर्ज गर्दै, साउन १८ देखि नयाँ व्यवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०४ जेठ २०८३, सोमबार
1.8kShares
माछापुच्छ्रे बैंकले ८ शाखा मर्ज गर्दै, साउन १८ देखि नयाँ व्यवस्था
ncell

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानमा रहेका ८ वटा शाखा एकीकृत (मर्ज) गर्ने निर्णय गरेको छ। बैंकले साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन प्रक्रिया सुरु गर्ने जनाएको हो।

बैंकका अनुसार शाखा गाभिएपछि सम्बन्धित ग्राहकहरूले नजिकको तोकिएको शाखाबाट सहज रूपमा सम्पूर्ण बैंकिङ सेवा लिन सक्नेछन्।

समायोजन योजनाअनुसार चितवनको हाकिमचोक शाखा नारायणगढ शाखासँग गाभिनेछ भने काठमाडौंको बालाजु शाखा गोंगबु शाखामा समाहित हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै, खुसीबु शाखा डल्लु शाखामा, कलंकी शाखा स्वयम्भु शाखामा, कोटेश्वर शाखा नयाँ बानेश्वर शाखामा तथा ठमेल शाखा दरबारमार्ग शाखामा समायोजन गरिनेछ।

यसैगरी गण्डकी प्रदेशको लामाचौर शाखा बगर शाखामा र मधेश प्रदेशको वीरगञ्ज (लिंकरोड) शाखा आदर्शनगर शाखासँग एकीकृत गरिने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?