National life

कल्याण विक्रम पाँडेलाई माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०१ भदौ २०८३, सोमबार
1.8kShares
कल्याण विक्रम पाँडेलाई माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी
ncell

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडेलाई नियुक्त गरेको छ। पाँडेले साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार ग्रहण गरेका हुन्।

बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक र कुमारी बैंकलगायत विभिन्न बैंकमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्।

पाँडेले बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा प्रथम श्रेणीमा एमबीए तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट विद्युत् इन्जिनियरिङमा सम्मानसहित बीटेक उपाधि हासिल गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार बैंकिङ, साना तथा मझौला एवं खुद्रा बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन, अनुपालन, व्यापार वित्त तथा कारोबार बैंकिङलगायतका क्षेत्रमा गहिरो अनुभव रहेको बैंकले जनाएको छ।

त्यस्तै, मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण, उत्पादन विकास, दिगो तथा हरित बैंकिङलगायतका क्षेत्रमा समेत उनले काम गरिसकेका छन्।

नेतृत्व क्षमता र नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिले बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार तथा रणनीतिक लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास माछापुच्छ्रे बैंकले व्यक्त गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?