National life
cg eloctronics

भोटेकोशी बाढीको कहर : घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० कात्तिक २०८३, मङ्गलबार
1.6kShares
भोटेकोशी बाढीको कहर : घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति
muktinatha bikash bank

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीले घरपरिवार र व्यावसायिक प्रतिष्ठानको सम्पत्तिमा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति पुर्‍याएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। राष्ट्रिय योजना आयोगले विपद्पछिको आवश्यकता मूल्याङ्कन (पीडीएनए) अन्तर्गत गरेको सर्वेक्षणमा उक्त क्षतिको विवरण देखिएको हो।

आयोगका अनुसार बाढीबाट घरपरिवारको सम्पत्तिमा ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानमा ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ। यसमा घरजग्गा, खेतीपाती, पशुपन्छी, सवारीसाधन र घरायसी सामानको क्षति समेटिएको छ। तर सडक, जलविद्युत्, सार्वजनिक पूर्वाधार तथा वातावरणमा पुगेको क्षति भने यस विवरणमा समावेश गरिएको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3

आयोगले गरेको घरधुरी सर्वेक्षणअनुसार ३ हजार ६१० परिवारको ५०७.९७ हेक्टर जमिन पुरिँदा ३५ अर्ब ४४ करोड रुपैयाँ बराबरको क्षति भएको छ। त्यस्तै, घडेरीको मूल्यमा १३ अर्ब २६ करोड र घर निर्माण लागतका आधारमा ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको क्षति आकलन गरिएको छ।

everest bank

यसैगरी, बहुमूल्य तथा सांस्कृतिक वस्तुमा ५ अर्ब २ करोड, घरायसी सामानमा १ अर्ब ४५ करोड र सवारीसाधनमा १ अर्ब २४ करोड रुपैयाँको क्षति भएको प्रारम्भिक विवरणमा उल्लेख छ।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका १५ स्थानीय तहका ३२ हजार ८७२ जना प्रभावित भएका छन्।

जिल्लागत विवरणअनुसार नुवाकोटमा सबैभन्दा बढी १७ हजार ९५४ जना प्रभावित भएका छन्। त्यस्तै, रसुवामा ९ हजार ६७६, धादिङमा ४ हजार ५८४ र गोरखामा ६५८ जना प्रभावित भएको सर्वेक्षणले देखाएको छ।

बाढीले ४ हजार १५१ भवन संरचनामा क्षति पुर्‍याएको छ। तीमध्ये २ हजार ९८९ संरचना पूर्ण रूपमा बगेका वा नष्ट भएका छन् भने ३ हजार १९४ संरचना पुनः प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन्।

यसअघि गरिएको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडीएनए) ले बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनरुत्थानका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको थियो।

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको ७९ अर्ब १७ करोड रुपैयाँको विवरण भने घरपरिवार र व्यावसायिक प्रतिष्ठानको सम्पत्तिमा भएको क्षतिसँग सम्बन्धित प्रारम्भिक आकलन हो। सार्वजनिक पूर्वाधार, जलविद्युत् तथा अन्य क्षेत्रमा भएको क्षतिसमेत समेटेर पूर्ण प्रतिवेदन तयार भइरहेको आयोगले जनाएको छ।

यसबाट बाढीले निजी सम्पत्तिमा पुर्‍याएको क्षतिको प्रारम्भिक आकार देखिए पनि समग्र पुनर्निर्माण तथा पुनरुत्थानका लागि आवश्यक पर्ने खर्चको पूर्ण विवरण आउन बाँकी रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?