National life

‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो झोलुङ्गे पुल अन्तीम चरणमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१३ कात्तिक २०८०, सोमबार
795Shares
‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो झोलुङ्गे पुल अन्तीम चरणमा
ncell

बाग्लुङ । ‘सिङ्गल स्पान’ प्रविधिमा विश्वकै लामो झोलुङ्गे पुल निर्माण भएको कालीगण्डकी नदीमाथि अर्को लामो पुल तयार भएको छ ।

बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्ने गरी सिङ्गल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी चार वर्ष पहिला एक टापुदेखि अर्को टापु सीधा जोड्ने विश्वकै लामो पुल तयार भएको थियो । पाँच सय ६७ मिटर लामो पुलको बागलुङ नगरपालिकाले गण्डकी स्वर्णीम झुला नामकरण गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
लामो पुल तयार भएको चार वर्षपछि बागलुङकै बागलुङ –४ देखि पर्वतको जलजला गाउँपालिका–८ जोड्ने गरी दोस्रो लामो पुल तयार भएको हो ।

झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा कालीगण्डकी नदीमाथि पुल बन्ने क्रम जारी छ । बागलुङ–४ गौरीधामदेखि पर्वतको जलजला –८ नाग्लिवाङ जोड्ने गरी कालीगण्डकी नदीमाथि पुल तयार भएको हो । पाँच सय २४ मिटर लामो एक सय ८५ मिटर अग्लो सिङ्गल स्पानको विश्वकै दोस्रो लामो झोलुङ्गे पुलले यस क्षेत्रमा धार्मिक तथा आन्तरिक पर्यटक आकर्षित गर्ने पुल निर्माण गरिरहेको निर्माण कम्पनी प्रतिनिधि वसन्त घर्ती मगरले बताए ।

अहिले निर्माण भएको पुलले पर्वत र बागलुङ लामो यात्रा छोटिने छ । यसले धार्मिक र आन्तरिक पर्यटक तान्न सफल हुनुका साथै कृषिउपज बिक्री वितरण गर्नसमेत सहज हुने स्थानीय बताउँछन् । २०७९ भदौ ४ गते सो पुल निर्माण थालनी भएको थियो । काम सुरु भएको एक वर्षभित्र करिब ९५ प्रतिशत काम सम्पन्न गरिसकेको छ । पुल निर्माण गर्न रु आठ करोड २३ लाखमा ठेक्का सम्झौता गरेको थियो । निर्माणको म्याद झण्डै एक वर्ष बाँकी रहेको छ । पुल निर्माण गर्नका लागि पुलको मुखमा पर्ने जग्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रबहादुर जिसीले करिब पाँच आना जग्गा निःशुल्क प्रदान गरेका थिए ।

बागलुङ –१ बाङ्गेचौरदेखि पर्वत पाङ जोड्ने विश्वकै सबैभन्दा लामो पाँच सय ६७ मिटरको झोलुङ्गे पुल चार वर्ष अगाडि नै बनिसकेको छ । यसभन्दा अघि स्विट्जरल्याण्डमा चार सय ९७ मिटर लामो सिङ्गल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो रहेको थियो । रासस

यो समाचार शेयर गर्नुहोस्
795SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?