National life

रकम फिर्ता लिन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन देउराली सहकारीकाे आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|११ असार २०८०, सोमबार
1.2kShares
रकम फिर्ता लिन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन देउराली सहकारीकाे आग्रह
ncell

काठमाडाैं । देउराली बहुउदेश्यिय सहकारी संस्थाले रकम फिर्ता पाउन बाँकी बचतकर्तालाई सम्पर्कमा आउन आग्रह गरेको छ । संस्थाले ललितपुर सातदोबाटोमा रहेको केन्द्रिय कार्यालय, भक्तपुर सुर्यविनायक र न्युरोड काठमाण्डौमा रहेको सेवा काउन्टरका बचतकर्ताहरु, संचालक समिति र कर्मचारीहरुलाई लक्षित गरी सम्पर्कमा आउन आग्रह गरेको हाे ।

सहकारीले विज्ञप्ती जारी गर्दै सदस्य, कर्मंचारीहरुलाई सम्पर्कमा आई सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरुको फिर्ता दिन बाँकी बचत बापत विभिन्न स्थानका जग्गा, अपाङग अशक्त र हस्पिटल भर्ना भएकाहरुलाई केही रकम दिइरहेकोले सम्पर्कमा आउन भनेको छ ।

संस्था समस्यामा परेपछि बचतकर्ताहरुकै समुह बनाइ उक्त समुहका बचतकर्ता कृष्ण प्रसाद कंडेल, नकुल आचार्य, जिवन श्रेष्ठहरुको संयुक्त नाममा गृहम डेभलपमेन्ट कम्पनी दर्ता गरी नवलपरासीको २९ कठा ४४ वटा घडेरी लिएका छन् ।

Royal Enfield
nic asia capital
ललितपुरमा रहेको ३० करोडको जग्गामा सदस्यहरुले केहि रकम थपि सेटलमेन्ट गरी संस्थालाई सहयोग गरिसकेको सहकारीले जनाएको छ । अरु जग्गा लिन इच्छुक सदस्यहरुले सदस्य सेवा काउन्टर न्युरोडमा गई छलफल गरि जग्गा लिन सकिने संस्थाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यसैगरी साना बचतकर्ताहरुलाई संस्थाले रकम ब्यवस्थापन गरिरहेको र छिट्टै उनीहरुलाई रकम बाँड्ने तादाम्यता मिलाइएको सहकारीले जनाएको छ । संस्थालाई पहिलेकै स्थानमा ल्याउने यस हदको प्रयासको बाबजुत संचालक समितीहरु सम्र्पकमा रही बचतकर्ताहरुको हितमा कार्य गरिरहँदा बजारमा विभिन्न सहकारी भागेका र जेल चलान भएकाहरुको अफवाह सुनी संस्था विरुद्ध लाग्ने केही व्यक्तिको कुरा सुनि धर्ना, आन्दोलन तथा संचालक समिति विरुद्ध विभिन्न सहकारी निकायमा उजुरी बाजुरी गरिरहेको हुँदा त्यस्ता कार्य बन्द गर्न पनि देउरालीले अपिल गरेको छ । देउरालीले रकम फिर्ता गर्न धेरै बाँकी नरहेकोे र बाँकी रहेकाहरु सम्पर्कमा आइ छलफलबाट आफना रकम सुरक्षण गर्न आग्रह समेत गरेको छ ।

संस्थाले देउराली सहकारीमा विभिन्न शिर्षकमा बचत रकम ८५ प्रतिशत फिर्ता भइसकेको र बाँकी रकम छिट्टै नै फिर्ता गरी संस्था पहिलाकै अवस्थामा फर्काउने प्रतिबद्धता गरेकाे छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?