काठमाडौँ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले जन्मजात वा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरूलाई १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ ।
रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले उक्त सामग्रीहरू हस्तान्तरण गरेका थिए । कार्यक्रममा कम्पनीको डेपुटी सी ई ओ नीराजन कँडेल, एरिया म्यानेजर ईशा प्रधान लगायतको उपस्थिति रहेको थियो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो ।
कम्पनी आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा आफूहरू प्रस्तुत रहेको बताएको छ ।































