National life

राष्ट्रिय बिमा कम्पनीको खुद नाफा आर्जन ५१ करोड ६३ लाख रुपैयाँ , अन्य सूचक कस्तो छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ वैशाख २०८१, बिहिबार
509Shares
राष्ट्रिय बिमा कम्पनीको खुद नाफा आर्जन ५१ करोड ६३ लाख रुपैयाँ , अन्य सूचक कस्तो छ ?
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

कम्पनीको नाफा आर्जन गत वर्षको यस अवधिको तुलनामा भने २४.७८ प्रतिशत कम हो। गत वर्षको यसैअवधिमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको कमिसन, लगानीबाट हुने आम्दानी र अन्य आम्दानीमा गिरावट आएको छ ।  जस कारण नाफामा असर परेको हो। चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

यसको बिमा कोषमा १ अर्ब ११ करोड रकम छ । बिमा शुल्क सङ्कलन पनि ६३.२० प्रतिशतले घटेर १० करोड १६ लाख रुपैयाँमा झरेको छ । यस अवधिसम्म आइपुग्दा यो कम्पनीको प्रतिसेयर आम्दानी १९३.६५ रुपैयाँ रहेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
509SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?