National life

११ महिनाको औसत मुद्रास्फीति दुई दशमलव ८९ प्रतिशत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|३० असार २०८३, मङ्गलबार
1.2kShares
११ महिनाको औसत मुद्रास्फीति दुई दशमलव ८९ प्रतिशत
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तको औसत मुद्रास्फीति दुई दशमलव ८९ प्रतिशत देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन’अनुसार गत जेठ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव २२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति दुई दशमलव ७२ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार गत जेठ महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति चार दशमलव ९५ प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति पाँच दशमलव ३७ प्रतिशत रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गत जेठ महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १७ दशमलव ४० प्रतिशत, घ्यू तथा तेलको १५ दशमलव १० प्रतिशत, माछा तथा मासुको पाँच दशमलव २६ प्रतिशत र तरकारीको चार दशमलव १४ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क शून्य दशमलव ९३ प्रतिशतले घटेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १६ दशमलव ६८ प्रतिशत, यातायातको १५ दशमलव ३१ प्रतिशत, मदिराजन्य पेयपदार्थको सात दशमलव २० प्रतिशत, शिक्षाको पाँच दशमलव ५४ प्रतिशत र कपडा तथा जुत्ता, चप्पलको पाँच दशमलव ५३ प्रतिशतले बढेको छ ।

त्यस्तै, गत जेठ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७८ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क पाँच दशमलव ३८ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशगत रूपमा हेर्दा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ७५, मधेस प्रदेशको पाँच दशमलव ६२, बागमती प्रदेशको चार दशमलव ७९, गण्डकी प्रदेशको पाँच दशमलव ०५, लुम्बिनी प्रदेशको पाँच दशमलव ६२, कर्णाली प्रदेशको चार दशमलव ८९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको चार दशमलव ६१ प्रतिशत रहेको छ ।

त्यस्तै, जेठ महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ९८ प्रतिशत, तराईको पाँच दशमलव ७४ प्रतिशत, पहाडको पाँच दशमलव ०७ प्रतिशत र हिमालको तीन दशमलव ७१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?