National life

विदेशी मुद्रा सटही सीमा बढ्याे, विदेश भ्रमण जाँदा २५ सय अमेरिकी डलरसम्म साट्न पाइने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
708Shares
विदेशी मुद्रा सटही सीमा बढ्याे, विदेश भ्रमण जाँदा २५ सय अमेरिकी डलरसम्म साट्न पाइने
ncell

काठमाडौं । विदेश भ्रमणमा जाने नेपालीले २५ सय अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत विदेशी मुद्रा सटही सीमा बढाइएको हो ।

हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् १ वर्षमा २ पटकसम्म अमेरिकी डलर १५ सय सम्म सटही सुविधा उपलव्ध हुने व्यवस्था थियो । उक्त सीमा बढाएर २५ सय अमेरिकी डलर पुर्याएको राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलव्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिनेछ’, मौद्रिक नीतिमा भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
708SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?