National life

राष्ट्रपति तथा पुर्वराजाले सर्वसाधारणलाई टीकाजमरा लगाइदिदा प्रधानमन्त्रीले भने नलगाइदिने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असोज २०८१, शनिबार
1.5kShares
राष्ट्रपति तथा पुर्वराजाले सर्वसाधारणलाई टीकाजमरा लगाइदिदा प्रधानमन्त्रीले भने नलगाइदिने
ncell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्ने भएका छन् ।

पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गर्ने राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेपछि शीतल निवासमा सर्वसाधारणलाई पनि टीका तथा जमरा लगाइदिने कार्यक्रम छ ।

शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दसैँमा सर्वसाधारणलाई टीका र जमरा नलगाइदिने भएका छन्।

प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकोले पहिलेका वर्षहरूमा जस्तो यस वर्ष विजयादशमी उल्लासमय नभएको भन्दै प्रधानमन्त्रीले ओलीले सर्वसाधारणलाई आज टीका नलगाइदिने भएका हुन्।

यता पूर्व राजा ज्ञानेन्द्र शाहले आज निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।

पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले यही आज अपराह्‍न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने संवाद सचिवालयले जानकारी दिएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?