National life

 राष्ट्रपति तथा पुर्वराजाले लगाइदिए सर्वसाधारणलाई दशैँको टीकाजमरा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ असोज २०८१, शनिबार
1.1kShares
 राष्ट्रपति तथा पुर्वराजाले लगाइदिए सर्वसाधारणलाई दशैँको टीकाजमरा
ncell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँ २०८१ का अवसरमा आफ्ना दाजुबाट विजयादशमीको टीका लगाएका छन् ।

९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट टीकाको उत्तम साइत विहान ११ बजेर ३६ मिनेटमा उनले दशैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गरेका हुन् ।

यसैबीच राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई र राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई पनि टीका तथा जमरा लगाइदिएका छन् ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट व्यक्तिलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यता प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो बुबाको हातबाट दशैँको टीका लगाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट शुभ साइतमै टीका लगाएका हुन् ।

तर प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दशैँ टीका उल्लासपूर्ण हुन नसकेको भन्दै सर्वसाधारणलाई टीका लगाइदिएका छैनन् ।

यता पूर्व राजा ज्ञानेन्द्र शाहले पनि निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिएका छन् ।

शनिबार अपरान्ह ४ बजेबाट पूर्वराजा शाहले विजया दशमीको सर्वसाधारणलाई टीका लगाइदिएका हुन् ।

पूर्वराजा शाहको हातबाट टीका ग्रहण गर्न निर्मल निवासमा सर्वसाधारणको लाम रहेको थियो । पूर्वराजा शाहले हरेक वर्ष वडा दसैँको विजया दशमीको दिन सर्वसाधारणलाई पनि टीका लगाउँदै आएका छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?