National life
cg eloctronics

दसैँमा यात्रुलाई गुणस्तरहीन खाना खुवाए र बढी मूल्य लिए कडा कारबाही

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२७ असोज २०८३, मङ्गलबार
380Shares
दसैँमा यात्रुलाई गुणस्तरहीन खाना खुवाए र बढी मूल्य लिए कडा कारबाही
ncell

काठमाडौँ । दसैँलगायत चाडपर्वमा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुलाई गुणस्तरीय र स्वच्छ खाना उपलब्ध गराउन यातायात व्यवस्था विभागले राजमार्ग तथा सडक किनारका होटल–रेस्टुरेन्ट सञ्चालक र सवारी चालकलाई निर्देशन दिएको छ।

चाडपर्वका बेला यात्रुको चाप बढ्ने र लामो दूरीको यात्रामा खाना तथा नास्ताका लागि सडक किनारका होटलमा निर्भर हुनुपर्ने अवस्थालाई ध्यानमा राख्दै विभागले यस्तो निर्देशन जारी गरेको हो।

विभागले सार्वजनिक यातायातका चालकलाई सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट खाद्य स्वच्छताको स्टिकर प्राप्त गरेका होटल तथा रेस्टुरेन्टमा मात्रै सवारीसाधन रोक्न आग्रह गरेको छ।

यात्रुलाई खाना तथा नास्ता उपलब्ध गराउने होटल–रेस्टुरेन्टले गुणस्तरहीन र अस्वच्छ खाद्य सामग्री बिक्री गर्ने तथा अनुचित रूपमा बढी मूल्य लिने गरेको गुनासो आएपछि विभागले सम्बन्धित व्यवसायीलाई सचेत गराएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागले होटल तथा रेस्टुरेन्ट सञ्चालकलाई स्वच्छ, गुणस्तरीय र उचित मूल्यमा खाना तथा नास्ता उपलब्ध गराउन निर्देशन दिएको छ।

यात्रुलाई गुणस्तरहीन खाना खुवाएको, खाद्य सामग्रीका कारण बिरामी परेको वा अनुचित मूल्य असुल गरेको पाइएमा सम्बन्धित निकायले निगरानी तथा कारबाही गर्ने विभागले जनाएको छ।

खाना, नास्ता वा अन्य खाद्य सामग्रीका कारण यात्रु बिरामी भएको पुष्टि भएमा सम्बन्धित सवारी चालक र होटल–रेस्टुरेन्ट सञ्चालकमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने विभागले स्पष्ट पारेको छ।

यात्राका क्रममा होटल तथा रेस्टुरेन्टमा अस्वच्छ खाना, गुणस्तरहीन खाद्य सामग्री वा मूल्यमा ठगी भएको पाइएमा यात्रुले सम्बन्धित निकायमा उजुरी गर्न सक्नेछन्।

विभागका अनुसार यात्रुले नेपाल प्रहरीको हेल्पलाइन नम्बर १००, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा त्यसका मातहतका नजिकका कार्यालयमा सम्पर्क गरी गुनासो गर्न सक्नेछन्।

विभागले सार्वजनिक सवारी चालक, होटल तथा रेस्टुरेन्ट व्यवसायी र यात्रुलाई यात्राका क्रममा खाद्य स्वच्छता, गुणस्तर र उचित मूल्यमा विशेष ध्यान दिन आग्रह गरेको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
380SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?