National life

देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ असोज २०८१, बिहिबार
1.3kShares
देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड
ncell

काठमाडौं– आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ ।

राजधानीका पशुपति क्षेत्रस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागीश्वरीका साथै काठमाडौँ उपत्यकास्थित मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक, पालचोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?