National life

गरिमा विकास बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति?

गरिमा विकास बैंकको लाभांश प्रस्ताव, बोनसपछि चुक्ता पुँजी कति पुग्ने?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१५ दिन अगाडि|१९ भदौ २०८३, शुक्रबार
1.3kShares
गरिमा विकास बैंकको लाभांश प्रस्ताव, बोनस र नगद कति?
ncell

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको भदौ १८ गते बिहीबार बसेको सञ्चालक समितिको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा रहेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी बैंकको आगामी २०औँ वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ ।

काठमाडौँको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?