काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ग्लोबल आइएमई म्युचुअल फण्डका दुई योजनाले आर्थिक वर्ष २०८२/८३ का लागि प्रतिफलसम्बन्धी निर्णय गरेका छन्।
ग्लोबल आइएमई क्यापिटलको सञ्चालक समितिको २१ गते बसेको ३०७औँ बैठकले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ का इकाइधनीलाई योजनाको आकारको १२ प्रतिशतका दरले नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार उक्त प्रतिफलमा लाग्ने करसमेत समावेश गरिएको छ।
आर्थिक वर्ष २०८२/८३ को बाह्य लेखापरीक्षण सम्पन्न भएपछि प्रतिफल वितरणसम्बन्धी निर्णय गरिएको कम्पनीले जनाएको छ।
आवश्यक प्रक्रिया पूरा गरेपछि इकाइधनीलाई प्रतिफल रकम उपलब्ध गराइनेछ।
यस्तै, सोही बैठकले ग्लोबल आइएमई समुन्नत योजना–२ का इकाइधनीलाई आर्थिक वर्ष २०८२/८३ का लागि कुनै पनि प्रतिफल वितरण नगर्ने निर्णय गरेको छ।


































