National life

आईसीएफसी फाइनान्सको लाभांश घोषणा, सेयरधनीले कति पाउने ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१८ दिन अगाडि|१६ भदौ २०८३, मङ्गलबार
1.5kShares
आईसीएफसी फाइनान्सको लाभांश घोषणा, सेयरधनीले कति पाउने ?
ncell

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

फाइनान्सको भदौ १६ गते मंगलबार बसेको सञ्चालक समितिको ३७२औँ बैठकले हाल कायम चुक्ता पुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रस्तावित लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

फाइनान्सको हाल कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँ रहेको छ। सोही चुक्ता पुँजीका आधारमा कम्पनीले कुल १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ। साधारणसभाबाट प्रस्ताव पारित भएपछि मात्र सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।

कम्पनीले लाभांशसम्बन्धी निर्णय नेपाल स्टक एक्सचेन्जलाई जानकारी गराइसकेको छ। उक्त निर्णयको बोधार्थ नेपाल राष्ट्र बैंकका सम्बन्धित विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, सीडीएस एन्ड क्लियरिङ लिमिटेड तथा नेपाल धितोपत्र बोर्डलाई समेत पठाइएको कम्पनीले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?