National life

एनआईसी एसिया क्यापिटलले प्रस्ताव गर्‍यो ५० प्रतिशत नगद लाभांश

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
936Shares
एनआईसी एसिया क्यापिटलले प्रस्ताव गर्‍यो ५० प्रतिशत नगद लाभांश
ncell

काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको सञ्चालक समितिको साउन २६ गते बसेको १७४औँ बैठकले चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले भदौ २६ गते आठौँ वार्षिक साधारणसभा बोलाएको छ। सभा थापाथलीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ९ बजे बस्नेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साधारणसभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा असार मसान्तसम्मको वित्तीय विवरण प्रस्तुत गरिने कम्पनीले जनाएको छ।

सभाले प्रस्तावित नगद लाभांश वितरणसम्बन्धी प्रस्तावमाथि निर्णय गर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
936SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?