काठमाडौँ। निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता नगराएकाहरूलाई गराउन आग्रह पुन आग्रह गरेको छ ।
निर्वाचनको मिति निर्धारण पश्चात् मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने कानुनी प्रावधान भएको कारण उपनिर्वाचन हुने क्षेत्रमा नाम दर्ता गराउन आग्रह गरेको हो। ०७९ मा सम्पन्न भएको विभिन्न तहका निर्वाचन पश्चात् विभिन्न कारणले केही पदहरू रिक्त भएका क्षेत्रमा निकट भविष्यमा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।
आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२० को खण्ड (२) मा “निर्वाचनको घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन” भन्ने व्यवस्था भए बमोजिम निर्वाचनको मिति घोषणा भए पश्चात् मतदाता नामावली दर्ता कार्य रोकिने भएकोले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूले मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोग अनुरोध गर्दछ।’
निर्वाचन आयोगले कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी ओलीसँग यसअघि नै छलफल गरिसकेको छ। प्रतिनिधि सभाका सदस्यको रुपन्देही क्षेत्र नं.३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ ९२ं० को रिक्त सदस्यको उपचुनावको लागि आयोगले मिति तोक्दै छ।

































