National life

एमसीसी पास गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंश नभए सडकमा जान्छौँ : प्रचण्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
598Shares
एमसीसी पास गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंश नभए सडकमा जान्छौँ : प्रचण्ड
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजना (एमसीसी) सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाइए आफूहरु समाजवादी मोर्चामा सल्लाह गरेर सडकमा उत्रिने बताएका छन् । समाजवादी मोर्चाले बुटवलमा मंगलबार गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्ताे बताएका हुन् ।

उनले भने ‘एमसीसीबारे अझै पनि धेरै चासो छ। केही साथीहरुको विरोधमा पनि स्वर सुनिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हामी अझै एमसीसीविरुद्ध सडकमा जाने अवस्था छ। १२ बुँदे व्याख्यात्मक घोषणाका कारण सडकमा जान सक्छौँ ।’

साथै प्रधानमन्त्री प्रचण्डले अमेरिकी अधिकारीसँग आफूले १२ बुँदे घोषणा कार्यान्वयनबारे सोध्ने पनि बताए । उनले भने, ‘एमसीसी कार्यान्वयबारे छलफलका लागि एकजना अधिकारी नेपाल आउँदैछन् । हाम्रो घोषणालाई सम्झौताको पाठ बनाउने हो कि होइन भनेर म उनलाई पनि सोध्छु ।’

उनले अहिले देशमा केही हुँदैन भनेर निराशा बनाउन खोजिएको पनि बताए । आफू संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिएर चीन जाने बताए ।

 

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?