National life

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२८ असोज २०८०, आइतबार
573Shares
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन
ncell

काठमाडाैं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। नेपाली कांग्रेसबाट १ र नेकपा एमालेबाट १ जना मन्त्रीलाई उनले आइतबार नियुक्त गरेका हुन्।

शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले सुरुमा प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष शपथ लिए। लगत्तै उनले नवनियुक्त दुई मन्त्रीलाई पनि शपथ गराएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राईलाई कार्कीले मन्त्रीको शपथ गराएका हुन्। राई र रानाको मन्त्रालय भने तोकिएको छैन।

कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। नेकपा एमालेसहितको समर्थनमा कार्कीलाई शनिबार प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?