National life

मिराज ढुंगाना नेतृत्वको जेनजी समूहद्वारा संयुक्त जेनजी आन्दोलन घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०६ पुस २०८२, आइतबार
1.3kShares
मिराज ढुंगाना नेतृत्वको जेनजी समूहद्वारा संयुक्त जेनजी आन्दोलन घोषणा
ncell

काठमाडौं । सोमबार मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले देशव्यापी आन्दोलन गर्ने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै समूहले आन्दोलनमा सडकमा रहेका सबै जेनजी अभियन्ता, घाइते तथा सहिद परिवारलाई समेटेर लैजाने योजना रहेको जानकारी गराएको हो ।

आन्दोलनको मुख्य उद्देश्य जेनजी समुदायको अधिकार र न्याय सुनिश्चित गर्नु रहेको समूहका नेताहरूले बताएका छन् । ढुंगाना नेतृत्वको समूहसँगै देशका अन्य ३० भन्दा बढी जेनजी समूह पनि यस आन्दोलनमा सहभागी हुने जानकारी पत्रकार सम्मेलनमा गराइएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जेनजी अभियन्ता ढुंगानाले आन्दोलन शान्तिपूर्ण रहने जानकारी दिए। उनका अनुसार आन्दोलन माइतीघरबाट बिहान ११ बजेबाट सुरू हुनेछ। 'आन्दोलन शान्तिपूर्ण तरिकाले हुन्छ। सुक्षाको जिम्मा सरकारले लिनुपर्छु' उनले भने।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जेनजी आन्दोलनको मर्म बुझ्न नसकेको बताउँदै उनले सरकारको विकल्प आवश्यक रहेको बताए। सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको तयारी गरेको उनले जानकारी दिए। त्यसका लागि सबै जेनजी समूह एकतावद्ध भइसकेको उनको भनाइ छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?