National life

‘विकल्पबिना भारतले ईपीजी प्रतिवेदनलाई अनौपचारिक रुपमा किन लत्याएको ?’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
554Shares
‘विकल्पबिना भारतले ईपीजी प्रतिवेदनलाई अनौपचारिक रुपमा किन लत्याएको ?’
ncell

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विकल्पबिना भारतले ईपीजी प्रतिवेदनलाई अनौपचारिक रुपमा लत्याएकोमा दुःख लागेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भारतले ईपीजी प्रतिवेदनलाई अनौपचारिक रुपमा किन लत्याएको भनेर प्रश्न समेत गरेका छन् ।

पूर्वप्रधानमन्त्री भट्टराईले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को प्रतिवेदन पाँच वर्षदेखि थन्किँदा दुःख लागेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले २१ औं शताब्दी अनुसार सदियौं पुरानो नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यले भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहसँगै आफू ईपीजीको अवधारणा ल्याएको भन्दै, अहिले त्यो प्रतिवेदन थन्किँदा पीडा महसुस हुने बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘छिमेकीहरुले सुन्दर भविष्यका लागि आपसी परामर्शमार्फत् विगतका सन्धि सम्झौताहरुको बेलाबेला समीक्षा गर्छन् । त्यसैअनुसार सन् १९५० को सन्धि, सीमा समस्या, व्यापार तथा पारवहन, सुरक्षा लगायतका द्विपक्षीय सम्बन्धको समीक्षा गर्न दुवै ईपीजीलाई अधिकार दिइएको थियो । तर उपयुक्त विकल्प विना विशेषगरी भारतबाट यसलाई अनौपचारिक रुपमा किन लत्याइयो ?’

यो समाचार शेयर गर्नुहोस्
554SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?