National life

विधान संशोधन गरेर पुनः ओली बने एमाले अध्यक्ष, यस्तो बन्यो पदाधिकारी टिम

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०३ पुस २०८२, बिहिबार
967Shares
विधान संशोधन गरेर पुनः ओली बने एमाले अध्यक्ष, यस्तो बन्यो पदाधिकारी टिम
ncell

काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । उनले १ हजार ६६३ मत पाएका हुन् । ओली पार्टी अध्यक्षमा तेस्रो पटक भारी मतका साथ निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार मतगणनाको अन्तिम परिणाम केही समयपछि सार्वजनिक गरिनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निर्वाचनमा २,२२७ मत खसेको थियो ।

यस्तो बन्यो पदाधिकारी टिम :

अध्यक्ष : केपी शर्मा ओली

उपाध्यक्ष : पृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्ण विष्ट, रघुजी पन्त

महासचिव : शङ्कर पोखरेल

उपमहासचिव :
लेखराज भट्ट
रघुवीर महासेठ
योगेश भट्टराई

सचिव :
महेश बस्नेत
पद्माकुमारी अर्याल
छविलाल विश्वकर्मा
शेरधन राई
हिक्मत कुमार कार्की
खगराज अधिकारी
यामलाल कँडेल
राजन भट्टराई
भानुभक्त ढकाल

ओलीले गत भदौमा भएको विधान महाधिवेशनले पारित गरेको विधानलाई नै उल्ट्याएर पदाधिकारी संख्या बढाएका थिए। संस्थापन पक्षका नेताहरू व्यवस्थापन गर्न त्यसलाई संशोधन गरी पदाधिकारी विस्तार गरिएको हो। बहुमतले गरेको यो निर्णयमाथि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले भने आपत्ति जनाएको थियो।

संशोधित विधानअनुसार केन्द्रीय कमिटीको आकार २५१ बाट बढाएर ३०१ पुर्‍याइएको छ। केन्द्रीय सचिवालयको संख्या १५ बाट बढाएर १९ पुर्‍याइएको छ। उपाध्यक्ष र सचिवको संख्या २/२ वटा बढाइएको हो। अब एमालेको केन्द्रीय संरचनामा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ३३, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटी बन्ने छ। विधान महाधिवेशनअघिको वरिष्ठ उपाध्यक्ष पद भने हटाइएको छ।












# एमाले अध्यक्ष केपी शर्मा ओली
यो समाचार शेयर गर्नुहोस्
967SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

सम्बन्धित लेख
विशेष समाचार

छुटाउनुभयो कि ?