काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भ्रष्टाचारविरुद्धको अभियानमा साथ दिन अपिल गरेकाे छ । माओवादी केन्द्रले सरकारले सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा चालेको अभियानमा साथ दिन अपिल गरेकाे हाे ।
माओवादी केन्द्रको आज (बिहीबार) बसेको पदाधिकारी बैठकमा सरकारले गरेका कामकारबाहीको बारेमा समिक्षा गरेको थियो ।
हाल अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल देश बाहिर छन् ।
पछिल्लो समय सर्लाहीमा हिन्दू र मुस्लिम समूदायबीच झडप र एक अर्कामाथि आक्रमणका घट्ना भएका कुरा बाहिर आएका छन् । ‘देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा । त्यसमा सद्भाव कायम गर्नुपर्छ, पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।'
त्यस्तै उनले सामाजिक सद्भावलाई कायम गरिराख्नुपर्ने बताए । उनले भने, 'नेपालीहरुमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नु पर्छ । अराजकताका संकेत देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भट्ठरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रुप लिनसक्छ ।’

































