National life

सुन काण्डमा दोषी प्रमाणित भए सरकारले कसैलाई पनि छाेड्दैन : सापकोटा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ साउन २०८०, बुधबार
655Shares
सुन काण्डमा दोषी प्रमाणित भए सरकारले कसैलाई पनि छाेड्दैन : सापकोटा
ncell

काठमाडौँ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन काण्डमा दोषी प्रमाणित भए सरकारले कसैलाई पनि नछाड्ने बताएका छन् । प्रवक्ता भएपछि पार्टी कार्यालय पेरिसडाँडामा बुधवार पहिलोपटक प्रेसमिट गर्दै उनले यस्ताे बताएका हुन् ।

प्रवक्ता सापकोटाले सुन प्रकरणमा दोषी प्रमाणित भए उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि कारबाही हुने बताए । उनले तथ्य र प्रमाण पुष्टि भए उपाध्यक्ष महरामाथि पनि सरकारले अनुसन्धान अगाडि बढाउने बताएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘सुन प्रकरणमा महराको विषयमा बाहिर मिडियामा पनि धेरै समाचार आएका छन् । यदि तथ्य र प्रमाणले पुष्टि भए उहाँमाथि पनि छानबिन हुन्छ ।’

सुन प्रकरण लगायत विभिन्न काण्डको छानबिनलाई प्रधानमन्त्रीले निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएकाले सबैले सरकारलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

 

यो समाचार शेयर गर्नुहोस्
655SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?