National life

सुन तस्करी प्रकरणमा महराका बाबुछोरामाथि अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३० साउन २०८०, मङ्गलबार
560Shares
सुन तस्करी प्रकरणमा महराका बाबुछोरामाथि अनुसन्धान हुन्छ : प्रधानमन्त्री प्रचण्ड
ncell

 

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुन तस्करी प्रकरणमा पूर्व सभामुख समेत रहेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महरामाथि छानबिन हुने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार सम्पादकहरूसँगको कुराकानीमा उनले महरामाथि छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई निर्देशन दिइसकेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले उपाध्यक्ष महरा र उनका छोरा राहुलमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढ्न लागेको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, 'उहाँहरूमाथि पुन: अनुसन्धान हुन्छ, दोषी पाइए मुद्दा चल्छ, कि प्रतिवेदनमा नाम हाल्नु हुँदैनथ्यो, नाम हालिसकेपछि उनीहरूमाथि पनि अनुसन्धान गर्नुपर्छ भनेर सीआईबीलाई निर्देशन दिएको छु ।'

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भ्रष्टाचारविरुद्ध सरकार निर्मम ढंगले लागेकाले पार्टीको नेता भन्दैमा कसैलाई छुट नदिइने उनले स्पष्ट पारे ।

 

 

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?