National life

पीसीसीका कामहरु अनलाइनमार्फत् गर्न कन्सुलर सेवा विभागलाई परराष्ट्रमन्त्रीको निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ साउन २०८०, सोमबार
659Shares
पीसीसीका कामहरु अनलाइनमार्फत् गर्न कन्सुलर सेवा विभागलाई परराष्ट्रमन्त्रीको निर्देशन
ncell

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई प्रहरी चारित्रिक प्रमाणपत्र (पीसीसी) का सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्न निर्देशन दिएका छन् । उनले विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई यस्ताे निर्देशन दिएका हुन् ।

परराष्ट्रमन्त्री साउदले १० दिनभित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गरिने व्यवस्था मिलाउन निर्देशन दिए ।

अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरु अनलाइनमार्फत् हुने भएपनि काउन्सलर विभागको छाप र प्रमाणिकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छाएको व्यक्ति उपस्थित हुनै पर्ने बाध्यता छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसका कारण राहदानी विभागमा सेवाग्राहीको भिड लाग्ने गरेको छ । राहदानी विभागमा देखिँदै आएको भिडभाड न्यून गर्न र सेवाग्राहीले प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरणका लागि उपस्थित हुनुपर्ने बाध्यता हटाउन परराष्ट्रमन्त्री साउदले उक्त निर्देशन दिएका हुन् ।

काउन्सलर सेवा विभागले प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत् गर्ने व्यवस्था गरेसँगै सेवाग्राहीले त्रिपुरेश्वर जानुपर्ने बाध्यता हट्ने छ ।

कन्सुलर सेवालाई सरल, सहज, पारदर्शी र उत्तरदायी ढंगले सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ९ ले दिएको अधिकार प्रयोग गरी सरकारको २०७० वैशाख २० गतेको निर्णयअनुसार परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको स्थापना भएको हो ।

 

यो समाचार शेयर गर्नुहोस्
659SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?