National life

सरजुकुमार वैद्यद्वारा सहरी विकास मन्त्रालयको सचिवको पदभार ग्रहण

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२९ असोज २०८०, सोमबार
553Shares
सरजुकुमार वैद्यद्वारा सहरी विकास मन्त्रालयको सचिवको पदभार ग्रहण
ncell

काठमाडौं । सरजुकुमार वैद्यले सहरी विकास मन्त्रालयको सचिवका रुपमा पदभार ग्रहण गरेका छन् । गत २४ असोजमा बसेको मन्त्रिपरिषद बैठकले वैद्यलाई शहरी विकास सचिवमा सरुवा गर्ने निर्णय गरेको थियो ।

उनी यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको नेपाल ट्रस्टको कार्यालयमा सचिवका रुपमा कार्यरत थिए । मन्त्रालयमा हाजिर हुन पुगेका सचिव वैद्यलाई कर्मचारीहरुले स्वागत गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मन्त्रालयमा पदभार ग्रहण गर्दै सचिव वैद्यले कर्मचारीहरुलई सरकारको नीति र कार्यक्रमअनुसार प्रतिवद्ध भएर काम गर्न निर्देशन दिए । उनले सहरी विकास मन्त्रालयको कार्यसम्पादनस्तर बढाउने गरी काम गर्न सबैको भूमिका महत्वपूर्ण हुने पनि बताए ।

तत्कालीन सचिव रवीन्द्रनाथ श्रेष्ठ अनिवार्य अवकाशमा गएसँगै शहरीमा सचिव पद रिक्त थियो । सचिव पद रिक्त भएसँगै इन्जिनियरिङ समूहका विभिन्न सचिवहरुले सहरी विकासमा सरुवा हुन जोडबल लगाएका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
553SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?