National life

अध्यक्षबिहिन प्राधिकरणमा नयाँ कर्मचारी पठाएर कामु दिने अर्थ मन्त्रालयको तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ मंसिर २०८१, बुधबार
1.3kShares
अध्यक्षबिहिन प्राधिकरणमा नयाँ कर्मचारी पठाएर कामु दिने अर्थ मन्त्रालयको तयारी
ncell

काठमाडौं । अध्यक्ष बिहिन बनेको बीमाको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा अर्थमन्त्रालयले नयाँ कर्मचारीलाई अध्यक्षको रुपमा खटाउने तयारी गरेको छ ।

प्राधिकरण अध्यक्ष बिहिन बनेपछि यस विषयमा अर्थमन्त्रालयले अनौपचारिक छलफल गरेको थियो । तर यस विषयमा औपचारिक निर्णय भने भइसकेको छैन ।

हालका सञ्चालक मदन दाहालले प्राधिकरणको कामु अध्यक्षको जिम्मेवारी नलिने भनेपछि अर्थमन्त्रालयले नयाँ कर्मचारीलाई सञ्चालकको रुपमा पठाएर अध्ययक्षको समेत जिम्मेवारी दिने गरी तयारी थालेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्थमन्त्रालय स्रोतका अनुसार प्राधिकरणमा पठाउने नयाँ कर्मचारीको खोजी भइरहेको छ । बीमा प्राधिकरणमा अर्थमन्त्री निकटका सह–सचिव सरहको कर्मचारी पठाइने स्रोतको दमबी छ ।

स्रोतका अनुसार भोलिसम्म बीमा प्राधिकरणमा पत्र पठाउने तयारी भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?