National life

अब प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यात गर्ने अन्तिम तयारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ साउन २०८१, शुक्रबार
607Shares
अब प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यात गर्ने अन्तिम तयारी
ncell

काठमाडौँ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि तयारी रहेको बताएका छन् ।

नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत महामहिम चेन सोङ्गसँग शिष्टाचार भेटघाटका क्रममा प्रशोधित भैँसीको मासु र सुन्तला चीनमा निर्यातका लागि कानुनी प्रक्रियाहरू पुरा गर्ने काम अन्तिम चरणमा रहेको बताएका हुन् ।

मन्त्रालयमा भएको भेटमा नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चिन सरकारको तर्फबाट कृषि तथा ग्रामीण विकास मन्त्रालय बिच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रमा यस अघि हस्ताक्षर भएको समझदारी पत्र कार्यान्वयन गर्ने दुवै पक्षबाट प्रतिबद्धता व्यक्त गरेका छन् ।

हाल हेलेज र औषधीजन्य जडीबुटीहरू निर्यात सुरु भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चीनबाट नेपालको कृषि विकासका लागि पुर्‍याउँदै आएको सहयोगलाई निरन्तरता दिदैं नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१–०८२ को दशकलाई “कृषिमा लगानी दशक” घोषणा गरेकाले यसलाई कार्यान्वयन गर्न ठुलो लगानीको आवश्यकता रहेकाले त्यसमा पनि आपसी समझदारीमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?