National life

अब विदेश नजानु भनेको इज्जत नै जानु जस्तो भइसक्यो, यो मानसिकता परिवर्तन गर्नुपर्छ : अर्थमन्त्री

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ भदौ २०८०, बिहिबार
566Shares
अब विदेश नजानु भनेको इज्जत नै जानु जस्तो भइसक्यो, यो मानसिकता परिवर्तन गर्नुपर्छ : अर्थमन्त्री
ncell

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले विदेश जानैपर्छ भन्ने नेपालीहरुको मानसिकता परिर्वतन गर्न आवश्यक रहेकाे बताएका छन् । बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्ताे बताएका हुन् ।

अर्थमन्त्री महतले १२ कक्षाको अध्ययन सक्ने बित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाहरुको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘अहिले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानै पर्छ भन्ने भएको छ । अब विदेश नजानु भनेको इज्जत नै जाने जस्तो भइसक्यो । यो मानसिकता परिवर्तन गर्न आवश्यक छ । हाम्रो शिक्षा क्षेत्रमा समस्या छैन भन्ने होइन । केही समस्याहरु छन् ।’

उनले नेपालमा नै धेरै अवसरहरु भएको भन्दै ५० देखि १०० प्रतिशत छात्रवृत्ति बिनाको विदेशमा अध्ययनका लागि जानु नहुने बताए । उनले नेपालबाट जाने विद्यार्थीहरु राम्रो विश्वविद्यालयहरुमा नगएको भन्दै उनीहरुले अध्ययन पूरा गर्न नसक्ने राम्रो अवसर समेत पाउन नसकेको बताए ।

उनले भने,‘अहिले जति पनि विद्यार्थीहरु बाहिर देशहरुमा पढ्न जानुभएको छ । त्यो राम्रो कलेजहरुमा जानुभएको छैन । उनीहरु एउटा भिसा सर्कलमा गएका छन् । न कलेज पूरा गर्नसक्छ । न ठूलो अवसर पाएको छ । त्यस्तो स्थितिमा हामीले कक्षा १२ बाट नै ५० देखि १०० प्रतिशत छात्रावृत्ति नभइ जाने विषयमा राष्ट्रिय रुपमा छलफल गर्न आवश्यक छ ।’

 

यो समाचार शेयर गर्नुहोस्
566SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?