National life

अर्थमन्त्री महत र आईएफसी उपाध्यक्षबीच नेपालमा लगानी बढाउने विषयमा छलफल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ असोज २०८०, मङ्गलबार
636Shares
अर्थमन्त्री महत र आईएफसी उपाध्यक्षबीच नेपालमा लगानी बढाउने विषयमा छलफल
ncell

मोरक्को । मराकेशमा जारी विश्व बैंकको बार्षिक बैठकको सिलिसिलामा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)का क्षेत्रीय उपाध्यक्ष रिकार्डो पुलितीले भेटवार्ता गरेका छन्।

बैठकमा नेपालको आर्थिक विकासका लागि निजी लगानी तथा बाह्य पुँजी परिचालन बढाउने विषयमा गहन छलफल भएको छ। बैठकमा निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सम्भाव्य परियोजनाहरुको पाइपलाइन विकास गर्न र वित्तीय उपकरणहरु (विशेष इक्विटी एक्सपोजरमा) विविधीकरण गर्दै सार्वजनिक निजी साझेदारीमार्फत परियोजना विकास गर्न आईएफसीले प्राविधिक सहयोग गर्ने विषयमा छलफल भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अर्थमन्त्री महतले नवीनतम वित्तीय उपकरणहरुमार्फत नेपालले परम्परागत क्षेत्रको अलावा निजी पूँजी आकर्षित गर्न आईटी, कृषि–व्यवसाय, पर्यटन र अन्य स्टार्टअपहरु जस्ता क्षेत्रमा लगानी विविधीकरण गर्न नवीन वित्तीय उपकरणहरु परिचालन गर्नुपर्ने विषयमा जोड दिए। खासगरी विदेशी विनिमय जोखिमको कारणले आईएफसीमार्फत प्रवाह हुने कर्जाको विद्यमान लागत न्यूनीकरण गर्दै निजी लगानीलाई प्रोत्साहन गर्न आएएफसीले आईडीएको सहुलियत विन्डो (निजी क्षेत्र विन्डो)लाई ब्लेन्डिङ फाइनान्सका रुपमा उपयोग गर्न साथै इक्वीटी तथा स्थानीय मुद्रामा आधारित लगानीलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने उनले बताए।

बाह्य लगानी तथा पुँजी परिचालनका लागि लगानीको आकर्षक वातावरण सिर्जना गर्न नेपाल सरकारले सुरक्षित कारोबार ऐन संसदमा पेस गर्न लागेको जानकारी गराउँदै अर्थमन्त्री महतले कर्जा सूचना व्यवस्थापनसम्बन्धी कानून निर्माणमा आएएफसीको चासोलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए। साथै, स्थानीय मुद्रामा आधारित बन्डमार्फत थप पुँजी परिचालन गर्ने विषयमा समेत नेपालले गरेको पहल सम्बन्धमा उनले जानकारी गराए।

अर्थमन्त्री महतले आगामी कन्ट्री पाटनरसिप फ्रेमवर्कमा नेपालको निजी लगानीका प्राथमिकता र क्षेत्रगत विविधीकरण विषय समावेश हुने विश्वास व्यक्त गरे।

आईएफसीका उपाध्यक्ष पुलितीले नेपालले लगानीको प्रवर्द्धनको वातावरण सिर्जना गर्न गरेको पहलकदमीको विषयमा सरहाना गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय क्षेत्रमार्फत बाह्य पुँजी तथा लगानी परिचालन गर्न स्पष्ट कानूनी आधार रहेको भन्दै नेपाल राष्ट्र बैंकले सो प्रक्रियामा सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरे।

उक्त अवसरमा अर्थमन्त्री महतको आईएमएफ तथा विश्व बैंक दक्षिणपूर्व एसिया क्षेत्रका कार्यकारी निर्देशक विम्वी सायुगा र याटी कुर्नियाटीसँग द्विपक्षीय हितका विषयमा वार्ता भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?