National life

असोजका लागि एनआईशी एशिया बैंकको मुद्दती निक्षेपको ब्याजदर घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३१ भदौ २०८१, सोमबार
582Shares
असोजका लागि एनआईशी एशिया बैंकको मुद्दती निक्षेपको ब्याजदर घट्यो
ncell

काठमाण्डौ। असोज महिनाका लागि एनआईसी एशिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।

जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
जुन भदौ महिनामा ७.४१ रहेको थियो ।

असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ बैंकले ३ महिना अवधिका लागि ५ प्रतिशत ३ महिनादेखि १ वर्ष अवधिका लागि ५.०५ प्रतिशत,१ वर्षका लागि ५.६० प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ५.७५ प्रतिशत,२ वर्षमाथि देखि ५ वर्षसम्मका लागि ६.२५ प्रतिशत ५ भन्दा माथिका लागि ७.१८ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर समेत घटाएको छ । भदौ महिनामा संस्थागत निक्षेपकर्तालाई अधिकतम ६.४१ प्रतिशत ब्याजदर प्रदान गरेको बैंकले भदौ महिनाका लागि भने अधिकतम ६.१८ प्रतिशत प्रदान गर्ने भएको छ ।

बैंकले संस्थागत मुद्दती निक्षेपको ६ महिनादेखि १२ महिनासम्मका लागि ३ प्रतिशत, १ वर्षका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्षसम्मका लागि ३ प्रतिशत,२ देखि ५ वर्षका लागि ३.५० प्रतिशत र ५ वर्षभन्दा माथिका लागि ६.१८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?