National life

‘आइएमई’ तथा ‘आइएमई पे’ मा कलाकारहरुको संग्लनता बढ्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
920Shares
‘आइएमई’ तथा ‘आइएमई पे’ मा कलाकारहरुको संग्लनता बढ्दै
ncell

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी ‘आइएमई’ तथा नेपालको पहिलो डिजिटल वालेटको रुपमा स्थापित ‘आइएमई पे’ मा विभिन्न कलाकार जोडिने क्रम बढ्दै गएको छ ।

स्थापनादेखि नै नेपाली कलाकारिताको लोकप्रिय जोडी अभिनेता दीपकराज गिरि तथा अभिनेत्री दिपाश्री निरौलालाई ब्राण्ड एम्बासडरको रुपमा परिचित गराएको ‘आइएमई’ तथा ‘आइएमई पे’ले हालै ‘आइएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत आइएमई तथा आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौकासहितको अफर लागु गरेको छ ।

यस करोडपति योजनामा पनि एम्बासडरद्वय गिरि र निरौलाको उत्साहपूर्ण साथ तथा समर्थन देखिन्छ । साथै सो योजनाको थप जानकारी हरेक दिन आइएमई तथा आइएमई पेको अफिसियल टिकटकको लाइभ मार्फत प्राप्त गर्न सकिने जनाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जसमा नेपालको चर्चित कलाकारहरू यसराज गराच, साक्षी लम्साल, प्रणिमा दाहाल तथा छन्दे भनेर चिनिने गोपाल ढकालको उत्साहपूर्ण संग्लनता देख्न सकिन्छ ।

यसराज गराच नेपालको चर्चित कलाकार हुन् जसले लगभग एक दर्जन नेपाली चलचित्र खेलिसकेका छन् भने आठ सय भन्दा बढी नेपाली म्युजिक भिडिओमा पनि काम गरेका छन् । उनी विभिन्न टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि हुन् । त्यस्तै साक्षी लम्साल पनि अहिले चर्चामा रहेकी नेपाली कलाकार हुन् जसले धेरै नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने विभिन्न टेलिभिजनका कार्यक्रम प्रस्तोता पनि रहेकी छिन् साथै धेरै चर्चित ब्राण्डहरुको ब्राण्ड मोडेलको रुपमा पनि उनलाई देख्न सकिन्छ ।

त्यस्तै प्रणिमा दाहाल पनि अहिले नेपाली कलाकारितामा रुचाएको नाम हो । उनले विभिन्न नेपाली म्युजिक भिडिओमा काम गरेकी छिन् भने धेरै टेलिभिजनका कार्यक्रम प्रस्तोताको रुपमा पनि रहेकी छिन् । साथै उनलाई उत्कृट इभेन्ट म्यानेजरको रुपमा पनि चिन्न सकिन्छ । अर्को नेपाली कलाकारिता मा चर्चित नाम हो गोपाल ढकाल, जो नेपाली कलाकारितामा छन्दे भनेर परिचित छन् ,उनी विगत १८ वर्ष देखि नेपाली कलाकारितामा लोकप्रिय छन् र विशेषगरी नेपाली हास्य टेलीचलचित्रमा उनी रुचाएको कलाकार हुन् ।

यी कलाकारहरुलाई अहिले आइएमई तथा आइएमई पे ले आफ्नो ब्राण्ड इन्फ्लुएन्सरको रुपमा आबद्ध गराएको छ भने आइएमई तथा आइएमई पे को हरेक योजनामा उनीहरूको उत्साहपूर्ण संग्लनता तथा समर्थन पनि देख्न सकिन्छ ।

यससँगै नेपालको पुरानो तथा लोकप्रिय गायक आनन्द कार्की पनि आइएमई तथा आइएमई पेमा जोडिएका छन् भने नेपालकी चर्चित अभिनेत्री वर्षा राउतलाई पनि आइएमई तथा आइएमई पे द्वारा प्रवर्द्धित भिडिओमा देख्न सकिने छ ।

खेल तथा खेलाडीसँग पहिले देखिनै सहकार्य गर्दै आइरहेको आइएमई तथा आइएमई पेमा हाल कलाकारहरुको पनि वृहत संग्लनताले जनताको विश्वासलाई अझै माथि पु¥याएको कम्पनीको दाबी छ ।

यो समाचार शेयर गर्नुहोस्
920SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?