काठमाडौं । नेपालको पहिलो हडहिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सन्चालन हुने 'अल्टिमा अनलाईन मेला'मा “एकको डबल” अफर सार्बजनिक गरेको छ । अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने “अल्टिमा अनलाईन मेला” मा (बिहान ९ देखी ११ सम्म र साझ ६ बजेदेखी राती ८ बजेसम्म एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड नि शुल्क प्रदान गर्ने व्यबस्था गरेको छ ।
साथै अन्य अल्टिमाका gadgets हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५५ छुट प्राप्त हुनेछ ।
अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहकलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहित गर्न यो अफर ल्याइएको आइएमई पेका सीइओ प्रविन रेग्मीले जनाएका छन् ।


































