National life

आजदेखि विश्व लगानीकर्ता सप्ताह शुरू, कुल १२८ देश र १३ संस्थाहरूको सहभागि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ कात्तिक २०८१, मङ्गलबार
587Shares
आजदेखि विश्व लगानीकर्ता सप्ताह शुरू, कुल १२८ देश र १३ संस्थाहरूको सहभागि
ncell

काठमाडौँ। आजदेखि अन्तर्राष्ट्रिय धितो पत्र बजार नियमनकर्ता संगठन (आईओएससीओ) ले विश्व लगानीकर्ता सप्ताह २०२४ शुरू भएको छ। यो कार्यक्रम कात्तिक १२ गतेसम्म सञ्चालन हुनेछ।

बोर्डले कुल १२८ देश र १३ संस्थाहरूको सहभागितामा यो सप्ताहको आठौँ संस्करण सञ्चालन गर्ने योजना बनाएको छ। यस संस्करणमा लगानीका आधारभूत कुराहरू, प्रविधि तथा डिजिटल वित्त, दिगो वित्त, र धोखाधडी तथा घोटाला रोकथामजस्ता मुख्य विषयवस्तुहरू समावेश गरिने बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस सप्ताहको मुख्य उद्देश्य धितो पत्र बजारका लगानीकर्ताहरूलाई शिक्षा, सचेतना, र बजारका विभिन्न पक्षहरूमा जानकारी प्रदान गर्नु रहेको जनाइएको छ। यस अभियानले विभिन्न देशहरूमा लगानीकर्ताहरूलाई सही निर्णय लिन सहयोग पुर्‍याउने र बजारमा हुने जोखिमबाट बच्न शिक्षित बनाउने विश्वास गरिएको छ । यसले लगानीकर्ताहरूको सचेतनालाई थप वृद्धि गर्ने बोर्डले जनाएको छ ।

सप्ताहमा लगानीका आधारभूत सिद्धान्तहरू, जोखिम व्यवस्थापन र नयाँ लगानीका अवसरहरूको बारेमा पनि छलफल हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?